चितुवाको छालासहित कोटेश्वरबाट तीन जना पक्राउ

काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चितुवाको छालासहित सोमबार तीन जनालाई कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ का मोहनसिंह रोकाया, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ का अनमोल तामाङ र काठमाडौँका एक जना रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । एक जनाको नाम भने विशेष कारणले सार्वजनिक नगरिएको बताइएको छ…