दाङ – प्रहरीले घोराही उपमहानगरपालिका–१४ दामोदर चोकस्थित द ब्ल्याक क्याप रेष्टुरेन्टमा जुवातास खेल्दाखेल्दै १२ जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने ३४ वर्षीय हिमराज खड्का समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ६० हजार ९४० रूपैयाँ र…