काठमाण्डु – राजधानीको बालाजु बाइपास क्षेत्रबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित १ युवकलाई नियन्त्रणमा लिएको छ । काठमाण्डु महानगरपालिका–१६ बालाजु बाइपास नजिक लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले २१ वर्षीय रोहन नगरकोटीलाई पक्राउ गरेको हो । उनको साथबाट ब्राउन सुगर १.२५ ग्राम लागूऔषध, नगद १२ हजार ५०० रुपैयाँ र २…