तारकेश्वरबाट खैरो हिरोइनसहित ३ जना पक्राउ

काठमाण्डु – काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले काठमाण्डु महानगरपालिका–५ तारकेश्वर बोहोराटार क्षेत्रबाट लागूऔषध कारोवारमा संलग्न रहेको आशंकामा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङको बबई गाउँपालिका–६ का ४५ वर्षीय केशव वली, रोल्पाको माडी गाउँपालिका–६ का २४ वर्षीय बसन्त…