पशुपति क्षेत्रबाट ७५ जना पक्राउ

काठमाण्डु– पशुपतिनाथ क्षेत्रबाट ७५ जना पक्राउ परेका छन् । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७५ जनालाई पक्राउ गरेको हो । उच्छृङ्खल गतिविधि गरेको, लागूऔषध गाँजा खाएर हो–हल्ला गरेको, अभद्र व्यवहार र लुटपाट गर्न खोजेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशाला र परिसर टेकुमा राखिएको छ ।…