काठमाण्डु– करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४८ वर्षीय रोनक मदनी रहेका छन्। सोमबार भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाण्डु आएका उनलाई विमानस्थलको आगमन भन्सार एरियामा जाँच गर्ने क्रममा शंका लागेर नियन्त्रणमा लिइएको थियो। प्रहरीको अनुसन्धानमा उनीसँग ८ सय ३५ ग्राम अवैध सुन बरामद भएको छ। प्रहरीका अनुसार, रोनक मदनीलाई नियन्त्रणमा…