अवैध लागूऔषधसहित ४ जना पक्राउ

काठमाण्डु – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका–८ दोगडेबाट अवैध लागूऔषध ब्राउनसुगर ७०० मिलिग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–८ बस्ने २९ वर्षीय श्याम पुकार साह र २२ वर्षीय संगम महतो रहेका छन् । प्रहरी चौकी बाहुनीगराबाट खटिएको प्रहरी…