काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रौतहटको चन्द्रनिगाहापुरका दीपक आलेमगरलाई पक्राउ गरेको हो । पक्राउ परेका ३ जनालाई शुक्रबारै काठमाण्डु जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले जानकारी…