सुटकेसमा शव भेटिएको प्रकरणमा ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट – रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको ई–रिक्सा बरामद गर्दै चालकलाई पक्राउ गरेको छ । माधवनारायण नगरपालिका–६ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई–रिक्सा र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ई–रिक्सा चालक लक्ष्मण महरा हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका…