युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रधानमन्त्री कार्कीको आह्वान

पोखरा – पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह शुक्रबार पोखरामा सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशीला कार्कीले दीक्षित विद्यार्थीहरूलाई राष्ट्र निर्माणमा सक्रिय योगदान दिन आह्वान गरिन् । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दीक्षान्त केवल शैक्षिक यात्राको औपचारिक समापन नभई जीवनको नयाँ र महत्वपूर्ण प्रस्थानबिन्दु भएको उल्लेख गरिन् । उनले उच्च शिक्षा हासिल…