इन्जिनियरिङमा विद्यार्थीको आकर्षण बढाउन शिक्षामन्त्रीले गरे प्रतिनिधिसँग छलफल

काठमाण्डु- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थानका डिन तथा इन्जिनियरिङ कलेजहरूको छाता सङ्गठन त्रिवि विभागका पदाधिकारीसँग छलफल गरेका हुन् । छलफलमा त्रिविका उपकुलपति प्रा. डा. भोला थापा, संस्थानका डिन प्रा…