शिक्षक नेताहरूले सरकारसँग गरेको सहमतिमा विद्यालय कर्मचारी परिषद्को आपत्ति

काठमाण्डु – नेपाल शिक्षक महासंघका नेताहरूले बुधबार सरकारसँग गरेको सहमतिमा विद्यालय कर्मचारी परिषद्ले आपत्ति जनाएको छ । बुधबार भएको सहमतिबारे जानकारी दिन काठमाण्डुमा आयोजित कार्यक्रममा विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाउँदै महासंघ नेतृत्वविरुद्ध नाराबाजी गरेका छन् । महासंघले गरेको सहमतिमा कर्मचारीका माग समावेश नगरेको विद्यालय कर्मचारीहरूले जनाएका छन् । माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारीहरूले असन्तुष्टि जनाएको…