एसईईमा एनजी ल्याउनेलाई सीपमूलक तालिम दिलाउने शिक्षामन्त्री भट्टराईको योजना

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एसईईमा एनजी ल्याउने विद्यार्थीहरूलाई प्राविधिक तालिम दिने योजना ल्याउन लागेको बताएकी छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले विद्यार्थीहरूलाई रोजगारमूलक दक्षता प्रदान गर्ने गरी यस्तो योजना कार्यान्वयनमा ल्याउन लागेको बताइन् । मन्त्री भट्टराईका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् (सीटीईभीटी) ले एसईईको पूरक परीक्षामा समेत एनजी…