जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेका सीटीईभीटीका विद्यार्थीको पुन: परीक्षा हुन्छ : मन्त्री पुन

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले जेनजी आन्दोलनमा प्रश्नपत्रको उत्तरपुस्तिका जलेको सीटीईभीटीका विद्यार्थीहरूको पुन: परीक्षा गराउने बताएका छन् । सोमबार केशर महलमा पत्रकार सम्मेलन गर्दै उनले पुन: परीक्षाको निर्णय गराउन धेरै समस्या परेको भन्दै त्यसको लागि झण्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्च पनि आउने बताए । उनले भने, ‘मन्त्री भएपछि मैले…