एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ

काठमाण्डु– एनसेल फाउन्डेसनले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ। यस निःशुल्क शिविरमा १२० जनाभन्दा बढी स्थानीय महिलाहरूको सहभागिता थियो भने त्यसमध्ये ९० जनाभन्दा बढीले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएका थिए। नेपाल क्यान्सर फाउन्डेसन र पूर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले आयोजना गरिएको…