बाढी-पहिरोपछि संक्रमण फैलिन नदिन स्वास्थ्यमन्त्री पौडेल सक्रिय, सतर्कता अपनाउन अपिल

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढी-पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलिन नदिन सतर्कता उपाय अपनाउन ३ वटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरूसँग आग्रह गरेका छन् । मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी-पहिरोपछि पानीका स्रोत प्रदूषित भएका र यसकै कारण झाडापखाला, हैजा तथा डेंगु लगायतका संक्रामक रोग लाग्न नदिन आ–आफ्नो तर्फबाट तयारी बढाउन…