अनलाइन एपमार्फत ११ लाख ठगी गर्ने महिला पक्राउ

काठमाण्डु – अनलाइन एनमार्फत ११ लाख ठगी गर्ने महिलालाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको छ । भोजपुरको हतुवागढी गाँउपालिका–६ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–६ बस्ने २८ वर्षीया दादिकी शेर्पा राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गरी प्रचलित कानून बमोजिम ठगी तथा सट्टाबाजी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि…