काठमाडौं - लेनदेनको विषयमा एक व्यक्तिलाई अपहरण गरेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ का ४७ वर्षीय बिष्णु कटुवाललाई अपहरण गर्ने काभ्रेका २३ वर्षीय दीपक भुजेलसहित ८ जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। उनीहरुलाई भक्तपुरको सल्लाघारीबाट जवरजस्ती अपहरण गरी नालाको बाटोहुँदै काभ्रेतर्फ लिएर गएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी…