४० किलो अवैध सुपारीसहित एक जना पक्राउ

इनरुवा - जिल्ला प्रहरी कार्यालय सुनसरीले ४० किलो अवैध सुपारीसहित एक जनालाई पक्राउ गरेको छ । देवानगञ्ज गाउँपालिका–४ स्थित हनुमान मन्दिर नजिकबाट नेपालबाट भारततर्फ बा ३९ प १९७५ नम्बरको मोटरसाइकलमा अवैधरुपमा लैजादै गरेको अवस्थामा अवस्थामा सुपारीसहित देवानगञ्ज–१ का २३ वर्षीय सन्तोषकुमार मेहतालाई पक्राउ गरिएको हो । नेपालबाट भारततर्फ सुपारी तस्करी भइरहेको छ भने खबरको आधारमा…