सगरमाथा चढ्न नक्कली आरोहण अनुमतिपत्र, तीन जना सीअार्इबीकाे फन्दामा

काठमाडाैं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  (सीअाइबी) ले  विश्वकाे सर्वाेच्च शिखर सगरमाथा चढ्न नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन  जनालाई पक्राउ गरेकाे छ। सगरमाथा चढ्न आउने विदेशी पर्यटकलाई नक्कली अनुमतिपत्र दिएर सरकारी राजश्व आफूले लिने सेभेन समिट  ट्रेकिङ कम्पनी  कानून विभाग प्रमुख निभेश कार्की, बजार व्यवस्थापक फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याललार्इ सीअाइबीले पक्राउ गरेकाे हाे। तीनै…