काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डुको टोखा नगरपालिका–५ बस्ने सल्यानको कपुरकोट गाउँपालिका–५ घर भएका ३६ वर्षीय टोपेन्द्र राना मगर, काठमाण्डु महानगरपालिका–६ बस्ने सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–५ घर भएका ३९ वर्षीय ङिमा शेर्पा र काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–५…