हुलाक बचत बैंकको ५ करोड ३५ लाख कुम्ल्याउने नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु – जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख र बचत बैंक हेर्दै आएका नासुसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको हो । अख्तियारले २०६० सालदेखि हुलाक बचत बैंक हेर्दै आएका नासु बलीरामप्रसाद कुर्मी, बारा जिल्ला हुलाक कार्यालयका तत्कालीन कार्यालय प्रमुखहरू जयलालप्रसाद…