काठमाण्डु-पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले सूर्यदर्शन सहकारी संस्थालाई किस्ता तिर्न काटेका १२ चेकमा गरेको हस्ताक्षर सक्कली भएको पुष्टि भएको छ । सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धान गर्दा प्रहरीले लामिछानेले काटेका ८२० चेकमध्ये सहकारीलाई भुक्तान गरेका १२ वटा चेकको हस्ताक्षर फरेन्सिक परीक्षण गर्दा सक्कली भएको पुष्टि भएको हो । नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण…