काठमाण्डु– हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको हो । आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको छ ।