काठमाण्डु– खोटाङबाट सिरहा फर्किंदै गरेका दर्शनार्थी सवार माइक्रोबस कदुवा डौँठेखोला नजिक दुर्घटनामा परेको छ। दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। प्रदेश २–०–१–००१ ज ००५३ नम्बरको माइक्रोबस बिहान करिब ९ बजे जयराम–हलेसी सडकखण्डमा २०० मिटर तल खसेको हो। माइक्रोबसमा १६ जना यात्रु सवार थिए। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर भएकाले…