प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको मृत्यु

चितवन - प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार यही साउन ४ गते वडा नं २ बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना२१प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर…