रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाण्डु - राैतहटमा कार दुर्घटना हुँदा सवार ४  जना भारतीय नागरिकको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर सडकखण्डको यमुनामाई गाउँपालिकास्थित झुन्खुन्वा चोकनजिक शनिबार राति भारतीय नम्बरको कार दुर्घटना हुँदा सबार ४ जना भारतीय नागरिकको मृत्यु भएको हो । शनिबार राति करिब सवा १० बजेको समयमा यू.के.१२ सी २९०० नम्बरको भारतीय कार झुन्खुवा चौकदेखि उत्तरपट्टि रहेको पेट्रोलपम्प…