छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं - रुपन्देही, तनहुँ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका-१५ मधवलियास्थित सडकमा लु.३८ प ४५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक बुटवल उपमहानगरपालिका-१३ नवलपुर बस्ने अन्दाजी २८ वर्षीय गणेश लामाको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ ।…