अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क -६ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४३२९ नम्वरको जीप सन्धिखर्क नगरपालिका वाडनम्वर ६ रातामाटामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ। जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।…