सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं - पाँचथर, पाल्पा र बाँकेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । पाँचथर, फिदिम नगरपालिका-१ वुद्धमार्गस्थित सडकमा ‘अनटेस्ट’ लेखिएको स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक फिदिम नगरपालिका-२ साम्दिन बस्ने ४३ बर्षीय विष्णु लिम्वुको सर्मपित अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ । पाल्पा, माथागढी गाउँपालिका-७…