बाढीपहिरोमा मृत्यु भएका २३८ जनाका परिवारलाई सरकारद्वारा राहत रकम वितरण

काठमाण्डु – गृह मन्त्रालयल अति भारी बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोजको दोस्रो साता आएको विपद्मा परी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप प्रतिव्यक्ति दुई लाखका दरले राहत रकम वितरण गरिएको हो । हालसम्म प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई…