काठमाण्डु – नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले मंगलबार रिट दायर गरेका छन् । रेग्मीले प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेपनि नियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गर्दै रिट दायर गरेका हुन् । बिहिबार साँझ बसेको सञ्चालक…