मारवाडी समिति सामु निरिह पर्यटनमन्त्री पाण्डे, १० दिनमै आफ्नो निर्णय आफै उल्ट्याए

काठमाण्डु – मारवाडी सेवा समितिको दबाब थेग्न नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री बद्री पाण्डेले आफ्नो निर्णय आफै उल्ट्याएका छन् । २० असोजमा आफ्नै अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले गरेको निर्णय मन्त्री पाण्डेले बुधबार ३० असोजमा उल्ट्याएका हुन् । पाण्डेको अध्यक्षतामा २० असोजमा बसेको परिषद् बैठकले पशुपति क्षेत्र विकास कोषले गौशालास्थित…