गुल्मी– गुल्मीका रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका नेपाल पक्षी संरक्षण सङ्घले जनाएको छ । सङ्घले गरेको सर्वेक्षणमा मदाने वन क्षेत्रमा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी फेला परेका छन् । यसैगरी रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला…