उसै त घमाइलो शरद याम। त्यसैमा चाडबाडको उत्सव। दसैं तिहार, छठ जस्ता ठूला पर्वले गाउँसहर उमंगमय बनेका छन्। पारिवारिक जमघटमा चाडपर्व मनाउनु त छँदैछ छ, यहीबेला लामो बिदा हुने भएकाले मानिसहरू घुमफिरको योजना पनि बनाइरहेका हुन्छन्। पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको याम उत्तम मानिन्छ। पदयात्राका लागि प्रख्यात यहाँका अन्नपूर्ण, मनास्लुलगायत पर्यकीय गन्तव्यस्थलमा यतिबेला आन्तरिक तथा बाह्य…