एजेन्सी- अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो तीव्र रुपमा फैलिरहेको बताइएको छ ।आगोका कारण १० हजार भन्दा बढी मानिस घर छोड्न बाध्य भएका छन् भने ७ जनाले ज्यान गुमाएका छन् । आगजनी पूर्वानुमानकर्ताहरूले शुक्रवारदेखि आगो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएका छन् । प्यासिफिक प्यालिसेड्समा १७,००० एकर (६,९००हेक्टर)मा…