काठमाण्डु - सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– २ मा पर्ने भोटेचौरलाई मिनी इलाम पनि भनिन्छ । भोटेचौरको चिया बगैंचाका वरिपरि पहाडी सुन्दर दृश्यले घेरिएको छ । काठमाण्डुबाट नजिकै रहेको मिनी इलाम आन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गर्छ । हिँडेर वा पदयात्रामा रमाएर जान चाहनेका लागि सुन्दरीजलको बाटो उत्तम विकल्प हो। राजधानीबाट सवारीसाधनमा २ घण्टासम्ममा पुग्न सकिने यो…