काठमाण्डु– थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। बस्ती हटाउने तयारीसँगै सुरक्षा व्यवस्था कडा बनाइएको हो। सरकारले आजदेखि सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेपछि ती क्षेत्रमा तनावपूर्ण अवस्था देखिएको छ । सुकुमवासी बस्ती हटाउन डोजरसहित सुरक्षाकर्मीको टोली सुरुमा थापाथली जानेछ र त्यसपछि सिनामंगल पुग्नेछ। सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल…