काठमाण्डु-नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलरत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेका छन्। शिक्षामन्त्री पन्तले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेका हुन्। उनले विज्ञप्तिमार्फत शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय…