काठमाण्डु- त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । बिहीबार कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरालको राजीनामा स्वीकृत गरेका हुन् । बरालले १५ चैतमा सहयोगीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका थिए । सङ्क्षिप्त राजीनामापत्र लेखेर प्रधानमन्त्री कार्यालय पठाएपछि उपकुलपति बराल काठमाण्डू छोडेर पोखरास्थित आफ्नो घर पुगेका थिए। राजीनामा बुझाएको १२ दिनपछि बरालको…