त्रिभुवन विश्वविद्यालयको नाममा एकैपल्ट धेरै विद्यार्थी दीक्षित गरेको विश्व कीर्तिमान

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले दिक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर विश्व कीर्तिमान बनाएको छ । आज सोमबार दशरथ रंगशालामा आयोजित त्रिविको ४९औं दीक्षान्त समारोहमा १२ हजार ४१५ विद्यार्थी दीक्षित भएका जनाइएको छ । विश्वविद्यालयको दीक्षान्त समारोहमा भौतिक रूपमा उपस्थित सबैभन्दा धेरै संख्या भएपछि कीर्तिमान कायम भएको छ । अफिसियल वर्ल्ड रेकर्ड एशोसिएशन (ओडब्ल्यूआर) ले त्रिभुवन…