शिक्षा विधेयक अगाडि बढ्दा सरकारीदेखि निजीसम्म आन्दोलनको तरखर

काठमाण्डु – बहुप्रतीक्षित विद्यालय शिक्षा विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएर संसद्मा जाने प्रक्रियामा रहेका बेला असन्तुष्टि सार्वजनिक हुन थालेका छन् । शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने माग राख्दै काठमाण्डुमा हप्तौं आन्दोललन गरेको नेपाल शिक्षक महासंघ पनि विधेयकका प्रावधानप्रति विमति राख्दै आन्दोलनको तयारीमा लागेको छ । नेपाल राहत शिक्षक समितिको केन्द्रीय सर्कुलर…