जाजरकोट – १२ कक्षाको राष्ट्रिय परीक्षाबाट जाजरकोटका विद्यार्थी वञ्चित हुनुको पछाडि विद्यालयकै चरम लापरवाही र गैरजिम्मेवारीपूर्ण कार्य रहेको पाइएको छ । कुशे गाउँपालिका–२ टालेगाउँस्थित श्री मान्ने ढुंगा माध्यमिक विद्यालयले केही विद्यार्थीको परीक्षा आवेदन फारामसँगै कागजात राष्ट्रिय परीक्षा बोर्डमा नपठाएको पुष्टि भएको छ । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार विद्यालयले सुरुमा १३६ जना विद्यार्थीको नाम…