काठमाण्डु -शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरूबीच नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध, शिक्षा, विकास साझेदार तालगायत विषयमा कुराकानी भयो । उनीहरूबीच उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबीच सहकार्यको सम्भावनाका विषयमा छलफल…