काठमाण्डु – नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित ३ दिने नेपाल फार्मा एक्स्पो २०२६ शनिबार सम्पन्न भएको छ । ‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ फागुन २८, २९ र ३० गते आयोजित एक्स्पोले नेपाली औषधि उद्योगमा अपनाइएका नवीन प्रविधि, उपकरण र उत्पादन क्षमताको प्रत्यक्ष अवलोकनको अवसर प्रदान गरेको थियो ।…