काठमाण्डु- भारतीय अभिनेता मनोज कुमारको शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा निधन भएको छ। उनी ८७ वर्षका थिए। उनी विशेष गरी आफ्ना देशभक्तिपूर्ण चलचित्रहरूका लागि परिचित थिए। उनलाई भरत कुमारको नामले पनि चिनिन्थ्यो। उपकार, पूर्वपश्चिम, क्रान्ति, रोटी-कपडा और मकान उनका सफल फिल्म थिए। मनोज कुमारका छोरा कुणाल गोस्वामीका अनुसार उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए।…