काठमाण्डु- पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको विनयी खोलामा निर्माण गरिएको नयाँ पुल सञ्चालनमा आएको छ । पुल निर्माणको सबै काम सकिए लगतै बिहीबार बिहान ११ बजेदेखि पुलबाट यातायात सञ्चालन भएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । करिब ५ दशक पुरानो फलामे पुल गत वर्ष पुस २६ गते एक भारतीय ट्रकले भत्काएपछि अस्थायी डाइभर्सनमार्फत जोखिमपूर्ण रूपमा सवारी…