पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाण्डु – पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको छ । निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँले वृद्धि भएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेको छ । समायोजित नयाँ मूल्य आईतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।