काठमाण्डु–नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परिक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गर्नु गलत भएको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद ज्वालाले कुनै पनि नागरिकलाई परिक्षा नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावनाविपरीत भएको बताएका हुन्। उनले भने :- ‘लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्नेगरी कानुनी व्यवस्था…