काठमाण्डु – सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ । बुधबार न्यायाधीशहरू हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला गरेको छ । संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर अभिव्यक्ति दिएको…