काठमाण्डु-पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानहरूमा आइतबार साँझदेखि आंशिक बदलीको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको कारण एकाएक काठमाडौं उपत्यकासहित देशभरको मौसममाआंशिक तथा साधारण बदली आएको छ । शुक्रबार साँझै नेपाली आकाशमा त्यसको संकेत देखिएको मौसमविदले जानकारी दिएका छन् । मंसिर २३ गतेदेखि २४ गतेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी…